जोडिनुहोस
  • होमपेज
  • काठमाण्डौ महानगरले रत्नपार्कको भित्ते बगैँचामा २ सय वटा बिरुवा रोप्यो

काठमाण्डौ महानगरले रत्नपार्कको भित्ते बगैँचामा २ सय वटा बिरुवा रोप्यो

काठमाण्डौ महानगरपालिकाले रत्नपार्कको भित्ते बगैँचामा आज दुई सय वटा फूल र लहरा बोटका बिरुवा रोपेको छ । पार्क तथा हरियाली प्रवद्र्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुई वटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो ।

आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहितको टोलीले फूल तथा बिरुवा रोपेको हो ।

आयोजना प्रमुख थापाकाअनुसार फूलमा बेगमबेली र स्वस्थानी फूल भेरेस्ता रोपिएका छन् । बेगनबेलीमा पनि गुलाबी, रातो, सेतो, पहेँलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने बिरुवा छन् । हरियाली हुने बिरुवामा होया, मनिप्लान्ट, आइभ्यूका बिरुवा छन् ।

भित्ताको जमिन सतहमा खाडल खनेर फूलका बिरुवा रोपिएका छन् । लहराउने बिरुवालाई गमलामा झुन्ड्याइएको छ । आयोजनाले यो काम नौ लाख ५६ हजार रुपैयाँको लागतमा सम्पन्न गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका