जोडिनुहोस
  • होमपेज
  • अल नासर अरब च्याम्पियनसिपको फाइनलमा

अल नासर अरब च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । अल नासर अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इराकी क्लब अल शोर्टालाई १–० गोल अन्तरले पराजित गर्दै अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

अल नासरको जितमा खेलको ७५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अल नासर अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको यो पहिलो पटक हो ।

अब फाइनलमा अल नासरले अल हिलाल र अल शाबाबबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल अगस्त १२ मा हुदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका