जोडिनुहोस
  • होमपेज
  • फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको सुचीमा , नेपाल ९३ औँ स्थानमा समावेश

फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको सुचीमा , नेपाल ९३ औँ स्थानमा समावेश

काठमाडौ। । संयुक्त राष्ट्र संघीय एजेन्सीले सार्वजनिक गरेको ‘वर्ल्ड ह्याप्पिनेस इन्डेक्स’का अनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश बनेको छ । बुधबार सार्वजनिक प्रतिवेदनले देखिाएअनुसार पहिलो नम्बरमा फिनल्यान्ड लगातार सातौँ वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्रको रुपमा घोषणा भएको छ । अफगानिस्तान सबैभन्दा कम खुसी देशको रुपमा १४३औँ स्थानमा परेको छ ।

यस्तै खुशी राष्ट्रहरुको सुचीमा नेपाल सूचांकको ९३औँ स्थानमा परेको छ । चीन ६०औँ स्थानमा र भारत १२६औँ स्थानमा छ । नेपालभन्दा बढी खुसी इराक ९२औँ स्थानमा र कम खुसी लाओस ९४औँ स्थानमा छ । अमेरिका २३औँ स्थानमा छ । यस्तै, रूस ७२ र युक्रेन १०५औँ स्थानमा छ । फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्यान्ड्स, नर्वे, लक्जमवर्ग, स्विट्जरल्यान्ड र अष्ट्रेलिया क्रमशः सबैभन्दा खुसी एकदेखि १०औँ स्थानमा समेटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका