जोडिनुहोस
  • होमपेज
  • बाघको आक्रमणबाट बर्दियामा १२ वर्षका बालकको ज्यान गयो

बाघको आक्रमणबाट बर्दियामा १२ वर्षका बालकको ज्यान गयो

बाघको आक्रमणबाट बर्दियाको बारबर्दियामा एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका–४ बैरिया गाउँका १२ वर्षका सुमित थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।बबई नदीमा नुहाउन गएका बेला नदी किनारको जिराहा सामुदायिक वन नजिकै बालकलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते बालकको उपचारका क्रममा आरसी थारु मेमोरियल अस्पताल जयनगरमा ज्यान गएको प्रहरीले जनाएको छ । बाघको आक्रमणबाट बालकको ज्यान गएपछि स्थानीयवासी त्रसित भएका छन् । केही दिनयता बैरिया गाउँ लगायतका क्षेत्रमा बाघ, चितुवाले बाख्रा–बङ्गुरलाई पनि आक्रमण गर्दै आएको स्थानीयवासीले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका