जोडिनुहोस
  • होमपेज
  • भागबन्डाका आधारमा राष्ट्रिय योजना आयोगमा ४ जना सदस्य नियुक्त

भागबन्डाका आधारमा राष्ट्रिय योजना आयोगमा ४ जना सदस्य नियुक्त

सरकारले चार जनालाई राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको रिक्त सदस्यमा संगीता सिंह, डा कुशेन्द्रबहादुर महत, प्राध्यापक डाक्टर शिवराज अधिकारी र डाक्टर अरनिकोकुमार पाण्डे नियुक्तलाई नियुक्त गरेको हो । डाक्टर अरनिकोकुमार पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुनुहुन्छ । अरू तीन जना एमाले निकट हुनुहुन्छ ।

यस्तै बैठकका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् प्रवक्ता रेखा शर्माले सरकारले रिक्त सचिव पदमा चुणामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको बताउनुभयो ।

यस्तै नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा सात जना कोरियाली र तीन जना नेपाली गरी १० जना पर्वतारोहीलाई जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने पनि निर्णय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका