जोडिनुहोस
  • होमपेज
  • रूसको राजधानी मस्कोमा आतंकवादी हमला, ४० को मृत्यु

रूसको राजधानी मस्कोमा आतंकवादी हमला, ४० को मृत्यु

मस्को। रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ ।

सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानीय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको हो । सो हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो । सो हमलाको जिम्मेवारी इस्लामिक स्टेट आईएसएसले लिएको छ ।

मस्कोस्थित अमेरिकी दुतावासले भिडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ । जसको अहिले रूसले कनेक्सन खोजीरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका