जोडिनुहोस
  • होमपेज
  • राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति

राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको एजेन्डालाई लिएर सांसदहरूले आपत्ति जनाएका छन् । आज बसेको समिति बैठकमा बोल्दै सांसद पृथ्वीसुब्बा गुरुङले बैठकको एजेन्डा प्रस्ट नभएको बताए ।

उनले समिति बैठक राख्दा सभापतिले मनलाग्दी गरेको भन्दै बैठक राख्ने तरिकामा आपत्ति जनाए । कार्यक्षेत्र भन्दा बाहिर गएर समिति बैठकमा छलफल नचलाउन उनको आग्रह थियो । बैठकमा बाल्दै सांसद गुरुङले भने, ‘सहकारी र लघुवित्त गृह मन्त्रालय मातहत हैन । तर समितिमा यी विषयमा किन छलफल चलाइयो ।’

समितिलाई सभापतिले आफू अनुकूल चलाउन खोजको उनको आरोप थियो ।

समिति बैठकमा बोल्दै सांसद कृष्णगोपाल श्रेष्ठले पनि सभापतिको शैलीमाथि आपत्ति जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका