जोडिनुहोस
  • होमपेज
  • रोनाल्डो एक्लैले गरे ४ गोल

खेलकुद

रोनाल्डो एक्लैले गरे ४ गोल

  • Sagarmatha TV
  • शुक्रबार, माघ २७, २०७९
रोनाल्डो एक्लैले गरे ४ गोल

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४—० गोल अन्तरले हराएको हो । अल नसरको जितमा रोनाल्डो एक्लैले ४ गोल गरे । खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गर्दा नसरको अग्रता ३—० को बन्यो । त्यसपछि खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौंथो गोल गर्दै नसरलाई सहज जित दिलाए ।

योसँगै, रोनाल्डोले ५ सय लिग गोल समेत पूरा गरेका छन् । जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ । नसरले १६ खेलमा ३७ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका