जोडिनुहोस
  • होमपेज
  • ४ बजेलाई सर्‍यो बागमती प्रदेश सभा बैठक

४ बजेलाई सर्‍यो बागमती प्रदेश सभा बैठक

बागमती प्रदेश सभाको बैठक तोकिएको समयमा बस्न सकेको छैन । यस अघि आज १ बजे बस्ने भनिएको बैठक सत्ता समीकरण दलमा सहमति नजुटेका कारण ४ बजेसम्मका लागि सारिएको छ । आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठकमा २ सांसद बैठकमा उपस्थित नहुने भएपछि बैठक सारिएको बताइएको छ । प्रदेश सभामा हाम्रो नेपाली पार्टीकी सांसद खड्गी र एकीकृत समाजवादीकी सांसद रमा आले उपस्थित नहुने भएपछि बैठक सारिएको बुझिएको छ ।

दुई सांसद उपस्थित नभएमा मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको छ । अब ४ बजेका लागि तोकिएको बैठकमा दुई सांसदको उपस्थिति हुने नहुने स्पष्ट रहेको छैन । ११० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । कांग्रेस, राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका