जोडिनुहोस
  • होमपेज
  • काँग्रेसले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन, आज पुनः बैठक बस्ने

काँग्रेसले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन, आज पुनः बैठक बस्ने

काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि पार्टीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारबारे छलफल गर्न आज बैठक बसे पनि उम्मेदवार चयन गर्न नसकेको हो।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको जानकारी दिए।

“मङ्गलवार उम्मेदवारको विषयमा गहन छलफल भयो, उपनिर्वाचनका लागि पार्टीबाट सिफारिश भएर केन्द्रमा आएका आकांक्षीबीच आज छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने कुरा भएको छ”, विश्वकर्माले भने।

उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको विश्वकर्माले जानकारी दिए।

उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न सोमवार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुबीच छलफल भएको थियो।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवार मनोनयनपत्र दर्ताको समय तोकेको छ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले पार्टीको उम्मेदवार तय गरिसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका