जोडिनुहोस
  • होमपेज
  • महानगरले सडकमा गीत गाउन नदिएको भन्दै दृष्टिविहीनहरूले गरे प्रदर्शन

महानगरले सडकमा गीत गाउन नदिएको भन्दै दृष्टिविहीनहरूले गरे प्रदर्शन

सडकमा गीत गाएर जीविकोपार्जन गर्दा काठमाडौं महानगरले अवरोध सिर्जना गरेको भन्दै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले विरोध जनाएका छन् ।

दृष्टिविहीन आमा घर सामाजिक संस्थाको अगुवाइमा उनीहरूले आफूहरूलाई सहज रूपमा जीविकोपार्जन गर्ने वातावरण सिर्जना गर्नुपर्ने र महानगरले सहजीकरण गर्नुपर्ने भन्दै बुधबार काठमाडौंको शान्तिबाटीका क्षेत्रमा विरोध जनाएका हुन् ।

सडकमा गीत गाउँदा आफूहरूको माइक स्पिकर महानगरले खोजेको उनीहरूले गुनासो गरेका छन् । उनीहरूले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिमाथि ज्यादती गर्न पाइँदैन, स्वरोजगारको व्यवस्था गर, दृष्टिविहीन अपाङ्गता भत्ता वृद्धि गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका