जोडिनुहोस
  • होमपेज
  • नयाँ वर्षको दोस्रो कारोबार दिन शेयर बजार झण्डै १७ अङ्कले घट्यो

नयाँ वर्षको दोस्रो कारोबार दिन शेयर बजार झण्डै १७ अङ्कले घट्यो

नयाँ वर्षको दोस्रो कारोबार दिन पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ विन्दुमा झरेको छ । हिजो नयाँ वर्षको पहिलो कारोबार दिन शेयर बजार दुई अङ्कभन्दा धेरैले घटेको थियो ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, होटल, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन माच्छापुच्छ्रे डिबेन्चर २०८७ र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज तीन सय १४ वटा कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको १७ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका