जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ?

सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ?

काठमाडौं।मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

सोमबारको तुलनामा आज प्रतितोला सुनको मूल्य १ हजार ७ सयले वृद्धि भएको हो। आज प्रतितोला सुन १ लाख ३९ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो। त्यसो त आइतबार प्रतितोला सुनको मूल्य १ लाख ३९ हजार रहेको थियो, भने सोमबार १ लाख ३७ हजार ५ सय रहेको थियो।

आज प्रतितोला तेजावी सुनको मूल्य १ लाख ३८ हजार ५ सय ५० रहेको छ।त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ। सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७ सय १५ रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ७ सय ५० कायम भइ कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका