जोडिनुहोस
  • होमपेज
  • सुहाङलाई भोट माग्न ओली इलाममा

सुहाङलाई भोट माग्न ओली इलाममा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई भोट माग्न इलाम पुगेका छन् । इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि बुधबार आज हुने चुनावी सभालाई सम्बोधन गर्न ओली इलाम पुगेको एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतले बताए ।

उनले  भने, ‘अध्यक्ष यु आउने भएपछि करिब ३ हजार हाराहारीमा जनताहरू उपस्थित हुनुहुन्छ । सुहाङको जित्ने सम्भावना पक्का पक्की छ ।’

एमालेले आज देउमाई नगरपालिकाको मंगलबारे बजारमा चुनावी सभाको आयोजना गरेको छ । त्यहाँ ओलीले सम्बोधन गर्ने छन् ।

सभामा ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पनि पुगेका छन् ।

वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ । एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ छन् । यहाँ नेपाली कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू र पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार केन्द्र लिम्बूसहित २० जनाले उम्मेदवारी दिएका छन् । ओलीले मंगलबार बेलुका नै इलाम पुगेर असन्तुष्ट रहेका एमाले नेताहरूसँग पनि भेटेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका