जोडिनुहोस
  • होमपेज
  • क्रेन खस्दा भारतमा ४ जनाको मृत्यु, ६ जना घाइते

क्रेन खस्दा भारतमा ४ जनाको मृत्यु, ६ जना घाइते

भारत, दक्षिण भारतको तमिलनाडु राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु हुनाका साथै कम्तीमा छ जना घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

तमिलनाडुको राजधानी चेन्नईबाट ८५ किलोमिटर पश्चिममा रहेको रानीपेट जिल्लाको द्रौपति मन्दिरमा आइतबार राति क्रेन खस्दा सो दर्घटना भएको हो । दुर्घटना हुँदा आठ जना भक्तजनहरु माला लिन क्रेनमा सवार रहेको बुझिएको छ ।

‘हिजो राती द्रौपति मन्दिरमा भक्तहरूबाट मूर्ति बोक्न र फूलको माला लिनको लागि तयार पारिएको क्रेन अचानक दुर्घटना भएको थियो। सो दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र थुप्रै भक्तजन घाइते भएका थिए,’ प्रहरी अधिकारीले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका