जोडिनुहोस
  • होमपेज
  • बिर्तामोडमा आधुनिक सडक बन्दै

बिर्तामोडमा आधुनिक सडक बन्दै

झापा, झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारी चोकबाट भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार रुपैयाँको सहयोगमा ६ दशमलव २५८ किलोमिटरको सडक निर्माण हुने भएको हो ।

२ वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मंसिर १६ गते बिर्तामोडको आरपी साप समता जेभीले ठेक्का सम्झौता गरेको नगरका पूर्वाधार विकास तथा भवन नियमन शाखाका इन्जिनीयर नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार २ लेनको सडकको दुवैतर्फ पेबर्स बिछ्याइनेछ । सडक निर्माणको क्रममा ५ वटा बक्स पाइप, १२ वटा ह्युमपाइप राखिने उनले बताए ।

७ मिटर चौडाइ हुने सडकमा हाल रहेका सिमेन्टका पोललाई विस्थापित गरी १६८ वटा इलेक्ट्रिक पोल लगाइनेछ । जसमा सडकको दुवैतर्फ झिलीमिली बनाउन ६१९ वटा स्टिल लाइट राखिने उनको भनाइ छ ।

इन्जिनीयर श्रेष्ठले सडकमा १३८ वटा ट्राफिक साइनपोस्ट, ६ वटा स्टेन्डर मार्करस्टोन, रोडवे डेलिनेटर १०० वटा बनाइने जानकारी दिए । सडक निर्माणसँगै दायाँबायाँ गरी विभिन्न फूल प्रजातिका १ हजार २३६ वटा बिरुवा रोपण गरिनेछ ।

यसअघि संघीय, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका सडकभन्दा आधुनिक व्यवस्थित हुने नगर प्रमुख पवित्रा महतराले बताइन् । जुन सडक जिल्लाकै नमूना सडकका रूपमा स्थापित हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका