जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

काठमाडौं, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित भएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ थालिएको लामिछानेविरुद्धको नागरिकता मुद्दामा कानुन व्यवसायीको बहस नसकिएकाले अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।

दिनभरको बहसमा रिट निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको दाबी गरे ।

सरकारी वकिल र लामिछानेका कानुन व्यवसायीले भने लामिछानेले विदेशी नागरिकता त्यागेकाले उनी स्वतः नेपाली भएको जिकिर गरे । लामिछाने पक्षका कानुन व्यवसायीले रिट निवेदन सार्वजनिक सरोकारको विषय नभएको दाबीसमेत गरे ।
नागरिक दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका