जोडिनुहोस
  • होमपेज
  • कहिलेसम्म जलिरहन्छन् प्रेमप्रसादहरू ?

कहिलेसम्म जलिरहन्छन् प्रेमप्रसादहरू ?

काठमाडौं, इलामका प्रेमप्रसाद आर्चायले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफूले आफैंलाई आगो लगाएर आत्महत्या गरेपछि अहिले सर्वत्र चासो व्यक्त गर्न थालिएको छ ।

आफ्नो जीवन कहानी र आफूले भोगेका दुःखका बारेमा लामो लेख लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेको २ घण्टापछि उनले संसद् भवनअगाडि नै आएर आत्मदाह गर्ने निर्णय गरेको देखिन्छ ।

नेपालमा केही गर्छु भन्नेहरूले कस्तो पीडा भोग्नु पर्दछ भन्ने उदाहरणसहित आफ्ना भोगाइहरू र व्यवसाय गर्ने क्रममा भोगेको पीडा, ठूला भनिएका व्यापारीबाट पाएको दुःखसमेत पोखेर आत्मदाह गरेका आचार्यलाई अहिले सान्त्वना दिनेहरूको भीड लागेको छ भने उनको जीवन समाप्त भएपछि सहयोग गर्नेहरूको भीड लगनपछिको पोतेको के काम भनेझैं भएको छ ।

आत्मदाह गर्नुअघि उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेको व्यक्तिगत खातामा पैसा जम्मा गर्नेको भीड लागेको देखिन्छ । तर, किन आर्चायले आत्मदाहको बाटो रोजे भन्ने विषयमा समाजमा जसरी छलफल हुनुपर्ने थियो, त्यो हुन सकेको छैन ।

नेपाल समाचारपत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका