जोडिनुहोस
  • होमपेज
  • कलैया मिथिला कपकोे सेमिफाइनल प्रवेश

कलैया मिथिला कपकोे सेमिफाइनल प्रवेश

काठमाडौं, कलैया क्रिकेट क्लब बारा सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

मंगलबार बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनलमा केसीसीले छिन्नमस्ता स्पोर्ट्स एकेडेमी सप्तरीलाई ७ विकेटले पराजित गर्यो।

छिन्नमस्ताले दिएको ६२ रनको सामान्य लक्ष्य कलैयाले ७।३ ओभरमा ३ विकेट क्षतिमा भेटायो। कलैयाको जितमा यू-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर तृत राज दासले अलराउण्ड योगदान दिए।

उनले मात्र १६ बलमा ३ चौका र ४ छक्का मद्दतले ४१ रन बनाए भने बलिङतर्फ पनि मात्र ६ रन खर्चेर ३ विकेट लिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका