जोडिनुहोस
  • होमपेज
  • बिहीबारसम्ममा सांसदहरूको नाम दिन दलहरुलाई आग्रह

बिहीबारसम्ममा सांसदहरूको नाम दिन दलहरुलाई आग्रह

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदीय समिति सदस्यका लागि बिहीबारसम्ममा सांसदहरूको नाम दिन दलहरुलाई आग्रह गरेका छन् । 

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त विषयगत विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम बिहीबारसम्म दिन दलहरुलाई आग्रह गरेका हुन् । 

समिति गठन गरिँदा संसद्लाई प्रभावकारी बनाउन सकिने बताएका उनले तर बुधबार सबैको नाम प्राप्त हुन नसकेकाले बिहीबारसम्म दिन आग्रह गरेका हुन् ।  संयुक्त विषयगत विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूको नाम दिनुभयो भने संसद्लाई प्रभावकारी बनाउन सकिन्छ उनले भने भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर सबैको नाम प्राप्त हुन सकेन ।

संसद्‌मा उठेका विषयमा मन्त्रीहरूलाई जवाफ दिन समन्वय गरिरहेको जानकारी दिएका उनले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक महत्वको विषयमा बोल्ने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका