जोडिनुहोस
  • होमपेज
  • त्रिविले गरेको कारबाही सूचना आयोगले उल्ट्यायो

त्रिविले गरेको कारबाही सूचना आयोगले उल्ट्यायो

काठमाडौं – राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षामा मर्यादा विपरीत कार्य भएको फोटो भिडियो खिचेर जानकारी गराउने धनकुटा क्याम्पसकी कर्मचारी सरिता भण्डारीको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले उनले गरेको काम मर्यादा विपरीत नभएकाले उनीमाथि विश्वविद्यालयले कुनै कारबाही गर्न नमिल्ने आदेश दिएको छ ।

क्याम्पसको परीक्षा शाखामा कार्यरत भण्डारीले परीक्षार्थीको उत्तरपुुस्तिका सट्टापट्टा भएको तस्वीर खिचेर माथिल्लो निकायलाई बुझाउँदा परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै २०७७ चैत ४ गते त्रिवि कार्यकारी परिषदले उल्टै सरितालाई नै निलम्बन गरेको थियो ।

सरिताले परीक्षामा हुने मर्यादा विपरीत कार्य रोक्ने प्रयास गर्दा त्रिविले आफूमाथि अन्याय गरेको भन्दै राष्ट्रिय सूचना आयोग उजुरी दर्ता गरेकी थिइन् । यसैमा सुनुवाइ गर्दै आयोगले भण्डारीले वेथिति, अनियमितता रोक्न र सुधार गर्न खोजेको हो भन्ने कुरा प्राप्त प्रमाण र कागजातहरुबाट पुष्टि भएको भन्दै त्रिवि रजिष्टारलाई भण्डारीको निलम्बन फुुकुवा गर्न र यस अवधिमा प्राप्त गर्नु पर्ने पारिश्रमिक, सुविधा लगायत सुबिधा समेत उपलब्ध गराउन निर्देशन दिएको छ ।

२०७७ फागुन १० फागुन गते धनकुटा बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायको पाठ्यक्रम तथा मूल्यांकन परीक्षा सञ्चालन भइरहेको समयमा उत्तरपस्तिका सट्टापट्टा गरिरहेको देखेपछि परीक्षा शाखाकी मुख्य कार्यालय सहायक सरिता भण्डारीले फोटो खिचेकि थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका