जोडिनुहोस

समाचार

लागूऔषधसहित दुई पक्राउ

लागूऔषधसहित दुई पक्राउ

झापा, जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयबाट खटेको टोलीले ब्राउनसुगरसहित दुई जनालाई सोमबार पक्राउ गरेको हो ।

सूचना अधिकारी वसन्त पाठकका अनुसार ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बिर्तामोड नगरपालिका ५ जात्रुबारीस्थित दक्षिणबाट उत्तरतर्फ जाँदैगरेको इण्डियन मोटरसाइकललाई चेकजाँच गर्दा सो सामान बरामद भएको हो ।

भारतको किसानगन्ज गलगलिया बस्ने बर्ष २५ को दिलसाद रहमान र २० वर्षीय सन्वाज खानको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो रङको लिसाईलो पदार्थ ८ ग्राम ५०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिई थप जाँचबुझको काम भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका