जोडिनुहोस
  • होमपेज
  • नेप्से १८ अंकले घट्यो, ८२ करोड ८५ लाख रुपैयाँको कारोबार

नेप्से १८ अंकले घट्यो, ८२ करोड ८५ लाख रुपैयाँको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचक १८ अंकमाथिले घट्न पुगेको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबार १५.७३ अंकले घटेर १९ सय ४.४० विन्दुमा झरेको नेप्से सूचक थप १८.८० अंकले घट्दै १८ सय ८५.६० अंकको विन्दुमा ओर्लिएको हो ।

नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घटेर ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँमा झरेको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक (०.३१ प्रतिशत) बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.०१ प्रतिशतले घटेको छ भने बैंकिङ समूह १.२४ प्रतिशतले, जीवन बीमा समूह १.२५ प्रतिशतले, हाइड्रोपावर १.१३ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.०४ प्रतिशतले घटेका छन् । अन्य उपसूचहरु १ प्रतिशत कमले घटेका छन् ।

यद्यपि, आज सुनराइज ब्लूचिप फण्ड र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कालिन्चोक दर्शन कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सँगै सनराइज फोकस इक्युटी फण्डका लगानीकर्ताहरुले भने आज १० प्रतिशतले गुमाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका