जोडिनुहोस
  • होमपेज
  • दोल्ती पावरको आईपीओ फागुन ८ देखि

दोल्ती पावरको आईपीओ फागुन ८ देखि

काठमाडौँ । दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने भएको हो । स्थानीयका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशतका दरले आईपीओ बिक्री खुलाउने छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री खुलाउने छ ।

यो सेयरमा दैलेख जिल्लाका नौमुले र कालिका गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् । यस्तै, सोही जिल्लाका जिल्लावासीले समेत आवेदन दिन पाउने बताइएको छ । यसका साथै, वैदेशिक रोजगारीमा गएकाहरुका लागि १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १ लाख ७ हजार २९८ कित्ता सेयर बिक्री खुलाउने छ । यो सेयरमा नेपाल सरकारबाट श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै आवेदन दिन पाउनेछन् ।

कम्पनीले दैलेखकमा ४.५ मेगावाट क्षमताको जलविद्युत निर्माण गरिरहेको छ । आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका