जोडिनुहोस
  • होमपेज
  • आईपीएल – मुम्बई र गुजरात भिड्दै

आईपीएल – मुम्बई र गुजरात भिड्दै

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल) मा आज मंगलबार एक खेल हुदैछ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।

साबिक विजेता गुजरात आजको खेल जितेर शीर्ष स्थानमा आफ्नो दावेदारी कायम गर्न चाहन्छ । गुजरात ६ खेलमा ४ जित र २ हारका साथ चौथो स्थानमा रहेको छ ।

पाँच पटकको च्याम्पियन मुम्बई पनि यस खेलमा जित हात पार्ने लक्ष्यमा रहेको छ । मुम्बई ६ खेलमा समान तीन जित र तीन हारका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

अघिल्लो खेलमा गुजरातले लखनउ सुपर जायन्ट्सलाई हराएको थियो । मुम्बई भने पन्जाब किंग्ससँग पराजित भएको थियो ।

यि दुई टोलीबीचमा अहिलेसम्म एक खेल मात्र भएको छ । जसमा मुम्बई विजयी भएको थियो । यो सिजन दुई टोली पहिलो पटक खेल्दै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका