जोडिनुहोस
  • होमपेज
  • नामिबियाविरुद्ध बलिङ गर्दै स्कटल्यान्ड

नामिबियाविरुद्ध बलिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । स्कटल्यान्डले एकदिवसीय विश्वकपको छनोटको रूपमा रहेको आईसीसी लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिज नामिबियाविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डका कप्तानले टस जितेर बलिङ रोजेपछि नामिबियाले ब्याटिङको निम्तो पाएको हो । पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग पराजित भएको थियो । त्यसैले नामिबिया पहिलो जित निकाल्न चाहन्छ ।

यता स्कटल्यान्ड सिरिजको पहिलो खेलमा जित निकाल्न चाहन्छ । नामिबिया र स्कटल्यान्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा तीन खेलमा स्कटल्यान्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका