जोडिनुहोस
  • होमपेज
  • एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ : माधव नेपाल

एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ : माधव नेपाल

पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् ।

समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताएका हुन् ।

उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने ।

अर्को एक प्रसंगमा उनले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको संकेत मिलेको जिकीर समेत गरे । उनले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका