जोडिनुहोस
  • होमपेज
  • न्यूजिल्याण्डमा ६.१ तीब्रताको भूकम्प

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डमा ६.१ तीब्रताको भूकम्प

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन ३, २०७९
न्यूजिल्याण्डमा ६.१ तीब्रताको भूकम्प

न्यूजिल्याण्डमा ६.१ तीब्रताको भूकम्प मापन गरिएको छ । त्यहाँका स्थानीयले भूकम्पलाई ‘ठूलो’ र ‘डरलाग्दो’ बताएका छन् ।

ठूला झट्काका साथ सुरु भएको भूकम्पको कम्तीमा ३० सेकेन्डसम्म हल्का धक्का महसुस भएको बताइएको छ ।

जियोनेटका अनुसार भूकम्प स्थानीय समयानुसार साँझ ७.३७ बजे पारामराउमुबाट ५० किलोमिटर उत्तरपश्चिममा ४८ किलोमिटर गहिराइमा गएको थियो ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सुनामीको खतरा नरहेको बताएको छ । वेलिङ्टन क्षेत्र आपतकालीन व्यवस्थापन कार्यालयले परकम्प आउन सक्ने बताएको छ ।

६.१ तीब्रताको भूकम्प आएको केही समयपछि ४.० को अर्को पराकम्प मापन गरिएको छ । हालसम्म क्षतिको कुनै खबर छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका