जोडिनुहोस
  • होमपेज
  • पेन्सन नियममा परिवर्तनको विरोधमा फ्रान्समा मे दिवसमा प्रदर्शन, १०८ प्रहरी घाइते

पेन्सन नियममा परिवर्तनको विरोधमा फ्रान्समा मे दिवसमा प्रदर्शन, १०८ प्रहरी घाइते

फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका दिन प्रदर्शन भएको छ । प्रदर्शनकारी र प्रहरीबीचको झडपमा १ सय ८ प्रहरी घाइते भएका छन् ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मेनिनले यति ठुलो सङ्ख्यामा प्रहरी घाइते हुनु अप्रत्याशित भएको बताएका छन् । उनले प्रदर्शनका क्रममा २९१ जनालाई पक्राउ गरिएको बताए ।

फ्रान्समा, इम्यानुएल म्याक्रोंको सरकारले पेन्सन नियममा गरेको परिवर्तनको धेरै विरोध भइरहेको छ । नयाँ पेन्सन नियमको विरोधमा विगत केही महिनादेखि जनता सडकमा उत्रिएका छन् ।

मे १ मा मे दिवसको दिन पनि ठुलो सङ्ख्यामा मानिस फ्रान्सको सडकमा उत्रिएका थिए । धेरैजसो स्थानमा प्रदर्शन शान्तिपूर्ण थिए तर केही प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र पटाका फ्याँक्न सुरु गरे जसका कारण १०८ प्रहरी घाइते भएका छन् ।

कति प्रदर्शनकारी घाइते भएका छन् भन्ने जानकारी छैन । प्रधानमन्त्री एलिजाबेथ बर्नले ट्विट गरेर प्रदर्शनका बेला यस्तो खालको हिंसा कुनै पनि हालतमा सह्य नभएको बताइन् ।

फ्रान्समा नयाँ नियमका अनुसार पेन्सन पाउने उमेरलाई ६२ बाट बढाएर ६४ वर्ष बनाइएको छ । देशको श्रम सङ्गठनले नयाँ नियमलाई फिर्ता लिन माग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका