जोडिनुहोस
  • होमपेज
  • समृद्धि यू १९ राष्ट्रिय बास्केटबल मंगलबारदेखि, ब्वाइजमा २० र गर्ल्समा ५ टोलीले खेल्ने

समृद्धि यू १९ राष्ट्रिय बास्केटबल मंगलबारदेखि, ब्वाइजमा २० र गर्ल्समा ५ टोलीले खेल्ने

नेपाल बास्केटबल संघ ९नेबा० ले समृद्धि स्कुलसँगको सहकार्यमा गर्ने यु(१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिप पुस ३ गते मंगलबारदेखि सुरु हुनेछ ।

प्रतियोगिता पुस ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुने सोमबार बयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा विभिन्न स्कुल, कलेज र क्लबहरु गरी कूल २५ छोलीको सहभागिता हुनेछ । जसमा २० ब्वाइज र ५ गर्ल्स टिमको सहभागिता हुने प्रतियोगिताको संयोजक तथा नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक विकास शाहीले जानकारी दिए ।

पुरुषरतर्फ सहभागि २० टिमलाई ८ समूहमा विभाजन गरिएको छ । चार समूहमा ३  ३ तथा चार समूहमा २(२ टिम छन् । पुरुषतर्फको खेल लिग कम नकआउटका आधारमा हुने र समूह चरणको खेलपछि समूह विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

यस्तै महिलातर्फको खेल सिंगल राउण्ड रोविनका आधारमा हुनेछ । ब्वाइजतर्फ समूह एमा रोएल बास्केटबल एकेडेमी, जेभिएर इन्टरनेशनल कलेज र टाइम्स बास्केटबल कलेज छन् ।

यस्तै समूह बी मा हाउन्ड्स बास्केटबल एकेडेमी, स्नोल्याण्ड बास्केटबल एकेडेमी र आईएसए नेपाल छन् । समूह सी जीजीबईसी कलेज र समृद्धि स्कुल तथा समूह डी मा एन्जल्स हार्ट स्कुल र ट्रिनिटी कलेज छन् ।

समूह ई मा ग्रिन फिल्ड स्कुल, बुद्ध युथ क्लब र टाइम आउट नेपाल छन् भने समूह एफमा भ्याली पब्लिक स्कुल, बुढानिलकण्ड बास्केटबल क्लब र काभ्रे बास्केटबल एकेडेमी छन् ।

यसैगरी समूह जी मा सीसीआरसी कलेज र ह्वाइज हाउस कलेज तथा समूह एचमा कीर्तिपुर बास्केटबल एकेडेमी र योद्दा बास्केटबल क्लब छन् ।

यस्तै गर्ल्सतर्फ आइएसए बास्केटबल एकेडेमी, बुढानिलकण्ड बास्केटबल क्लब, भ्याली पब्लिक स्कुल, जेभिएर इन्टरनेशनल स्कुल र गोल्डेनगेट बास्केटबल क्लब छन् ।

नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भिमसिंह गुरुङले बास्केटबलमा सहकार्य गरेकोमा समृद्धिलाई धन्यवाद दिँदै खेलकुदलाई बुझेर खेलकुद विकासमा समृद्धि स्कुलले सहयोग गरेको बताए ।

यस्तै बास्केटबल संघले कोभिडपछि विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको र अब छिटै वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने बताए ।

‘हामी अब बास्केटबललाई एउटा उचाईमा पुर्‍याउनका लागि लागिरहेका छौँ । विशेषगरी उमेर समूहमा अहिले धेरै केन्द्रित छौँ । यस प्रतियोगिताबाट उमेर समूहको नयाँ राष्ट्रिय टिममका लागि खेलाडी छनोछ गर्ने योजना छ ।’ उनले भने ।

गुरुङले जुनियर टिम बनाउने हिसावले प्रतियोगिता आयोजना गरिएको बताए । यस्तै गुरुङले अहिले सहभागि टिमहरु केन्द्रको भएपनि कलेज स्कुलमा बाहिरका खेलाडीहरु समेत अध्ययन गर्ने भएकोले सबै ठाउँका खेलाडीहरु समेटिने बताए ।

यसैगरी समृद्धिका मनोहर कुमार भट्टराईले समृद्धि सक्लले खेलकुद र विशेषरी बास्केटबलमा हुँदा उत्साहित रहेको र बास्केटबलको विकास गर्न स्कुल लेभलबाटै अगाडि बढाउन प्रतिवद्ध रहेको बताए ।

प्रतियोगितामा ब्वाइज र गर्लस दुवैको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँसहित पदक र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी दुवैमा मवस्ट भ्यालुएबल प्लेअर हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको लागि करिब ८ लाख बजेट लाग्ने बास्केटबल संघले जनाएको छ । प्रतियोगिताका सबै खेलहरु फिबाको नियमअन्तर्गत सञ्चालन हुनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका