जोडिनुहोस
  • होमपेज
  • भारतले नवीकरणीय उर्जामा पनि नेतृत्व लिनुपर्ने जर्मन दूतको भनाई

भारतले नवीकरणीय उर्जामा पनि नेतृत्व लिनुपर्ने जर्मन दूतको भनाई

नयाँ दिल्ली– अन्तरराष्ट्रिय जलवायु परियोजनाका लागि जर्मन विशेष दूत जेनिफर मोर्गनले भारतले नवीकरणीय उर्जा जस्ता विषयमा नेतृत्व लिनु पर्ने बताएकी छन् ।

यस महिनाको अन्तमा जर्मन चान्सलर ओलाफ स्कोल्जको भारत भ्रमण आउनु अघि उनले यस्तो बताएकी हुन् । उनले सञ्चारकर्मीसँग भारत र जर्मनी सँगै मिलेर के के गर्न सक्छौँ भन्ने विषयमा छलफल हुने बताएकी छन् ।

भारतको भ्रमणको क्रममा मोर्गनले कोइला सचिव, ऊर्जा दक्षता ब्यूरो र अन्य, र जी–२० शेर्पालाई भेटिन्। रूस–युक्रेन युद्धले निम्त्याएको संकटको बारेमा बोल्दै मोर्गनले जर्मनीले आफ्नो जीवाश्म ईन्धनको आवश्यकताको लागि एउटा देशमा निर्भर हुने बारे राम्रो पाठ सिकेको बताइन् ।

जर्मनीले रुसबाट तेल आयात बन्द गर्ने निर्णय गरेको छ । मोर्गनले भारतीय अधिकारीहरुसँगको कुराकानीमा उनीहरुले नवीकरणीय उर्जा समाधानको महत्वका बारेमा छलफल गरेको बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका