जोडिनुहोस
  • होमपेज
  • एमाले अध्यक्ष बन्ने चर्चा चलेपछि आफूलाई राष्ट्रपति बनाइएको भण्डारीको गुनासो

एमाले अध्यक्ष बन्ने चर्चा चलेपछि आफूलाई राष्ट्रपति बनाइएको भण्डारीको गुनासो

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा राजनीतिप्रतिको मोह अझै कायम रहेको देखिएको छ । एमालेको उपाध्यक्ष बनेपछि भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाइएको थियो । उनी राष्ट्रपतिमा निर्वाचित भइन् पनि ।

लगातार सात वर्षसम्म उनी शीतल निवासमै बसिन् । शीतल निवासबाट फर्केको नौ महिनामै उनमा राजनीतिप्रतिको मोह देखिएको एमालेमा चर्चा छ ।

एमालेमा अहिले पनि भण्डारीको पकड कायमै छ । मदन भण्डारीको विरासत बोक्ने भएकाले पनि भण्डारीलाई एमालेको भावी नेतृत्व देख्नेको कमी छैन ।

कतिसम्म भने एमालेका युवा नेताहरू नै भण्डारीलाई अध्यक्ष बनाउन भन्दै लबिइङमा लागेका छन् । यो कुरा स्वयं पार्टी अध्यक्ष केपी ओलीले सार्वजनिक गरिसकेका छन् ।

एमालेमा भण्डारी प्यानलै बनेको र प्रदेशस्तरीय निर्वाचनमा प्रतिस्पर्धाको अस्तित्वमा आएकोसमेत भनियो। ‘मैले गर्नुपर्ने काम गरिसकेँ, अब फेरि किन सक्रिय राजनीतिमा जानुपर्‍यो ?’

बिहीबार प्रकाशित एक दैनिकलाई अन्तर्वार्ता दिँदै भनेकी छन् । उनले पार्टीभित्र छलफल भयो, सबैले एकताका साथ धारणा बनाएमा आफू राजनीतिमा फर्किन तयार रहेको संकेत पनि गरेकी छन् ।

राष्ट्रपति बनाइनुअघि नै पार्टी नेतृत्वमा आफ्नो नाम चर्चा गरिएको पाएको उनले खुलाइन्। र, भनेकी छन्, ‘नेताहरूले मलाई राष्ट्रपतिमा पठाउनुभयो भने सबैका लागि खुला भयो नि ?

त्यतिबेलाका सन्दर्भमा पार्टीको आन्तरिक व्यवस्थापनको सरोकार पनि थियो होला। भर्खरै पार्टीको ९औं महाधिवेशन भएको थियो। त्यससँगै अध्यक्षको हुने भन्ने पनि थियो होला।

पुरुष नेतृत्वबीच अलिकति प्रतिस्पर्धा त हुन्छ नै, मलाई पनि भावी नेतृत्वका रूपमा समाजबाट हेरिएछ।’ यसले भण्डारीमा अझै सक्रिय राजनीतिमा फर्केर पार्टीको नेतृत्व लिने महत्वाकांक्षा देखिन्छ ।

एमालेमा महासचिव शंकर पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, कर्ण थापा, डोरमणि पौडेललगायतका नेताहरू भण्डारी निकट मानिन्छन् । सोही कारण अहिले एमाले अध्यक्ष केपी ओली उनीहरूसँग रुष्ट बनेका छन् ।

भण्डारी राजनीतिमा फर्किने सम्भावना देखिएपछि नै ओलीले ७० वर्षे उमेरहद हटाउन लगाएको पुष्टि हुँदै गएको छ । उनले अझै आफू २० वर्ष राजनीति गर्ने भनेर अन्य नेतालाई तनावमा पारिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका