जोडिनुहोस
  • होमपेज
  • आफ्नै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ

आफ्नै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ

भक्तपुर । प्रहरीले आफ्नै डेरा कोठामा बस्ने १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेरा कोठामा बस्ने दोलखा मेलुग गाउँपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।

पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए ।

मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी वृत्त थिमि भक्तपुरमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका