जोडिनुहोस
  • होमपेज
  • होलीले सामाजिक सद्भाव थप फैलाउने उपराष्ट्रपति पुनको विश्वास

होलीले सामाजिक सद्भाव थप फैलाउने उपराष्ट्रपति पुनको विश्वास

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले रंगहरुका पर्वको रूपमा मनाइने नेपालीहरूको लोकप्रिय चाड फागु पूर्णिमा (होली पर्व) को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नेपाली भाषा, कला, संस्कार, संस्कृतिले समृद्ध छौँ । विविधताबीचको एकता हाम्रो चिनारी बनेको छ ।’

शरद ऋतुबाट वसन्त ऋतु आगमनको सुखद् समयमा आउने होली पर्वले सप्तरंगी जस्तै रंगिन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्दै आएको पुनको भनाई छ । यस वर्षको होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई अझै बलियो बनाउने राष्ट्रपति पुनको विश्वास छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका