जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : तेस्रो चरण आजबाट

‘ए’ डिभिजन लिग : तेस्रो चरण आजबाट

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबारबाट तेस्रो चरणको खेलहरु सुरु हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछ । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । नवप्रवेशी क्लब खुमलटार दोस्रो जितको खोजीमा रहेको छ । खुमलटार २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

थ्री स्टार पहिलो जितको खोजीमा हुनेछ । थ्री स्टार २ खेलमा १ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यस्तै दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र चर्च ब्वाइजबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

हिमालयन आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । हिमालयन २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

नवप्रवेशी क्लब चर्च ब्वाइज लगातार तेस्रो जितको खोजीमा रहेको छ । दुई खेलमा अपराजित चर्च ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।हिमालयनलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थान कायम राख्न चाहन्छ ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका