जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा स्नातक तहको भर्ना दर पछिल्लो तीन वर्षमा ८ प्रतिशत कम

अमेरिकामा स्नातक तहको भर्ना दर पछिल्लो तीन वर्षमा ८ प्रतिशत कम

न्यूयोर्क । संयुक्त राज्य अमेरिकामा लाखौंको संख्यामा उच्च माध्यमिक विद्यालयका छात्रछात्राहरूले स्नातक तहको पढाइलाई छोड्न थालेका र प्रमाणपत्रको आवश्यकता नपर्ने एक घण्टाको जागिर वा क्यारियरतर्फ मोडिरहेको एनबीसी न्यूजले बिहीबार रिपोर्ट गरेको छ ।

‘नेसनल स्टुडेन्ट क्लियरिङ हाउस’को तथ्याङ्कअनुसार सन् २०१९ देखि २०२२ सम्ममा देशभर स्नातक तहको भर्ना दर ८ प्रतिशतले घटेको छ । अमेरिकी श्रम साङ्खिकी ब्यूरोका अनुसार सन् २०१८ यता कलेज जाने दरमा आएको गिरावट अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

यसले कलेजबाट लिइने डिग्रीको मूल्यमा थोरै विश्वास गर्ने नयाँ पुस्तालाई सङ्केत गर्न सक्ने अर्थशास्त्रीहरूले विश्वास गरेका छन् । धेरै विद्यार्थीहरू उच्च ट्यूशन र कलेज जाँदा विद्यार्थी ऋणको सम्भावनाबाट विचलित भएका रिपोर्टमा बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका