जोडिनुहोस
  • होमपेज
  • जन्मदर बढाउने उपाय खोज्दै चीन

अन्तर्राष्ट्रिय

जन्मदर बढाउने उपाय खोज्दै चीन

जन्मदर बढाउने उपाय खोज्दै चीन

काठमाडौं । चीनको जनसंख्यामा निरन्तर ह्रास आएपछि राजनीतिक सल्लाहकारले जन्मदर बढाउन २० सुझाव दिएका छन् । तर विज्ञले जनसंख्यामा आएको ह्रासको गतिलाई रोक्नु नै तत्कालका लागि उत्तम उपाय रहेको बताएका छन् ।

लालनपालन तथा शिक्षामा लाग्ने महँगो खर्च, न्यून आय, कमजोर सामाजिक सुरक्षा तथा लैंगिक असमानताका कारण एकभन्दा बढी सन्तान जन्माउन आफूहरू इच्छुक नरहेको चिनियाँ युवा बताउँछन् ।

हालै सम्पन्न चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फेरेन्स ९सिपिपिसिसी० मा दोस्रो र तेस्रोका लागि भन्दा पहिलो बच्चाको लालनपालनलाई सहुलियत दिनुपर्ने, सार्वजनिक शिक्षा निःशुल्क हुनुपर्ने तथा निःसन्तानहरूको उपचारमा सहयोग पुर्‍याउनुपर्नेलगायत सुझाव प्रस्तुत गरिएको थियो ।

सन् १९८० देखि सन् २०१५ सम्म अवलम्बन गरिएको एक बच्चा नीतिका कारण चीनमा ठुलो जनसांख्यिक समस्या देखिएको छ । सन् २०२१ पछि भने चीनले यो व्यवस्थालाई परिमार्जन गरेर तीन बच्चासम्म जन्माउन सक्ने छुट दिएको छ। तर कोभिड १९ महामारीका बेला घरमै बसेका जोडीहरूसमेत बच्चा जन्माउन अनिच्छुक देखिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका