जोडिनुहोस
  • होमपेज
  • चारवटा प्रदेशसहित पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना

चारवटा प्रदेशसहित पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ— देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । चारवटा प्रदेशसहित पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम रविज्ञान विभागले जनाएको छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले आज राति लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने जनाएको छ । गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका