जोडिनुहोस
  • होमपेज
  • नेपाल–भारतबीच तीन महिनाको लागि विद्युत् सम्झौता नवीकरण

नेपाल–भारतबीच तीन महिनाको लागि विद्युत् सम्झौता नवीकरण

काठमाडौं । नेपाल भारतबीच तीन महिनाको लागि विद्युत सम्झौता नवीकरण भएको छ। नेपाल र भारतीच प्रत्येक वर्ष विद्युत नविकरण गर्दै आएको छ । यस वर्ष भने पटक ३ महिनाको लागि मात्र सम्झौता भएको हो । यसअघि नेपाल र भारतबीच १ वर्षको लागि व्दिुत नवीकरण हुने गरेको थियो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नविनराज सिंहले नेपाल भारतबीच तीन महिनाका लागि विद्युत सम्झौता नवीकरण भएको जानकारी दिए।

‘ हिउँद याममा नेपालमा पानीका स्रोतहरु सुक्दै जाने भएपछि नेपालमा विद्युत भारतबाट निर्यात गर्नुपर्ने अवस्था छ ।उनका अनुसार मुजफ्फरपुर–ढल्केबर प्रसारणलाइनबाट ५०० मेगावाट र महेन्द्रनगर–टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट विद्युत् नेपाल आयात हुनेछ। उनले २०७८ सालमा ५ वर्षको लागि नेपाल भारत विद्युत सम्झौता भएको थियो। जसअनुसार ४ सय ५० मेगावाटसम्म आयतनिर्यातको सम्झौता छ। तर यो पटकको नवीकरणमा भने ५ सय ५४ मेगावाटको सम्झौता भएको छ।

प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि ९एनभीभीएन०लाई बिक्री गरिरहेको छ। एनभीभीएनले भारतीय बजारमा बिक्री गरिरहेको छ। अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ। आइएक्ससँग खुल्ला बजारमा आयातनिर्यात हुनुपर्ने सम्झौता छ। तर त्यसको नवीकरण भएको थिएन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका