जोडिनुहोस
  • होमपेज
  • रूसले उत्तर कोरियाबाट हतियार किन्न खोजेको अमेरिकाको दावी

रूसले उत्तर कोरियाबाट हतियार किन्न खोजेको अमेरिकाको दावी

एजेन्सी । रुसले उत्तर कोरियालाई खाद्यान्न दिएर हतियार लिन खोजिरहेको अमेरिकाले दावी गरेको छ।

उत्तर कोरियाली हतियारको बदलामा खाद्यान्न उपलब्ध गराउने प्रस्ताव लिएर रुसको एउटा प्रतिनिधिमण्डल उत्तर कोरिया जान लागेको अमेरिकाले आशंका गरेको हो । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले उत्तर कोरिया र रुसबीचको कुनै पनि हतियार सम्झौताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गर्ने बताएका छन् ।

अमेरिकाले यसअघि उत्तर कोरियामाथि युक्रेनमा रहेको रुसी सेना र रुसी भाडाका वाग्नर समूहलाई हतियार उपलब्ध गराएको आरोप लगाएको थियो । उत्तर कोरिया विश्वको सबै भन्दा गरिब देशहरू मध्येको एक हो । दशकौंदेखि खाद्यान्न अभावको समस्या झेलिरहेको उत्तर कोरियालाई रुसले यतिबेला खाद्यान्नको बदलामा हतियारको प्रस्ताव गरिरहेको छ ।

गत बिहीबार मात्रै अमेरिकी ट्रेजरीले रुस र उत्तर कोरियाबीच मध्यस्थकर्ताको रूपमा काम गरेको भन्दै स्लोभाकियाका एक नागरिकलाई कालो सूचीमा राखेको थियो । अशोट मकर्तिचेभ नामका ति स्लोभाक नागरिकले सन् २०२२ को अन्त्य तथा २०२३ को सुरुवातमा रुस र उत्तर कोरियाबीच बिक्री र सम्झौताहरू व्यवस्थित गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका