जोडिनुहोस
  • होमपेज
  • टीआरसी विधेयकबारे बालुवाटारमा शीर्ष बैठक सुरु

टीआरसी विधेयकबारे बालुवाटारमा शीर्ष बैठक सुरु

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसी विधेयकमा छलफल गर्न प्रमुख तीन दलका नेताहरुको बैठक सुरु भएको छ । सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी छन् । नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेता अग्नि खरेल र संसदीय दलका सचेतक महेश बर्तौला सहभागी छन् । नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक हाल प्रतिनिधिसभाको समितिमा विचाराधीन छ । विधेयकका अन्तर्वस्तुमा प्रमुख दलहरुबीच सहमति नजुट्दा विधेयक अघि बढ्न सकेको छैन ।यस विषयमा आइतबार पनि प्रमुख तीन दलका शीर्ष नेताले छलफल गरेका थिए । नेताहरुको सहमति अनुसार सोमबार शीर्ष नेतासँगै अन्य नेताहरु पनि सहभागी बैठक बसेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका