जोडिनुहोस
  • होमपेज
  • उपनिर्वाचनः बारा–२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता

उपनिर्वाचनः बारा–२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो । बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन् ।

कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । सत्तारुढ गठबन्धनको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् ।

गत मंसिरमा भएको निर्वाचनजमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका उनी अहिले बारा–२मा उम्मेदवारी दिएका हुन् ।

बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका