जोडिनुहोस
  • होमपेज
  • भारतद्वारा सोमालियामा रहेको अफ्रिकन युनियन ट्रान्जिसन मिशनलाई २० लाख अमेरिकी डलर सहयोग

भारतद्वारा सोमालियामा रहेको अफ्रिकन युनियन ट्रान्जिसन मिशनलाई २० लाख अमेरिकी डलर सहयोग

न्यूयोर्क— संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले शुक्रबार अफ्रिकन युनियन ट्रान्जिसन मिशन अफ सोमालिया (एटीएमआईएस) को लागि संयुक्त राष्ट्र ट्रस्ट कोषमा २० लाख अमेरिकी डलरको योगदान हस्तान्तरण गरेकी छन् । यो सहयोग मार्फत भारतले शान्ति र स्थिरताप्रति भारतको प्रतिबद्धता पूरा गरेको छ ।

यसअघि भारतले सोमालियामा रहेको अफ्रिकन युनियन मिसन लाई ४ मिलियन अमेरिकी डलर सहयोग गरेको थियो। संयुक्त राष्ट्रका लागि भारतको स्थायी मिशनले जारी गरेको एक प्रेस विज्ञप्तिमा सोमालियामा एक सक्षम सुरक्षा वातावरण प्रदान गर्न र अल–शबाबद्वारा गरिएको आतंकवादलाई नियन्त्रण गर्नमा अफ्रिकन युनियन ट्रान्जिसन मिशन (एटीएमआईएस) द्वारा खेलेको महत्त्वपूर्ण भूमिकालाई भारतले मान्यता दिने उल्लेख गरिएको छ ।

भारतले एटीएमआईएसबाट सोमाली सुरक्षा बलहरूलाई समयमै र चरणबद्ध रूपमा सुरक्षा जिम्मेवारी हस्तान्तरण गर्नु महत्त्वपूर्ण हुनेछ र सुरक्षा खाडलहरू हटाउन क्यालिब्रेट गर्न आवश्यक हुनेछ भनेर जोड दिएको छ ।

भारतले एटीएमआईएस सेना र पुलिस योगदान गर्ने देशहरूको निरन्तर प्रतिबद्धता र उनीहरूले गरेका बलिदानहरूको लागि पनि प्रशंसा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका