जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौँ – नेपालस्थित भारतीय दूतावासले मंगलवार आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ।

स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारका तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम शुरु गरेको थियो। कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो।

कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो। उनीहरूलाई भारत सरकारका तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, संगीत र नाच प्रस्तुत गरिएको थियो।

स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडा पनि वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सन् २०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पूरा हुने सो समयसम्म भारत अमृतकालको रूपमा मनाउने र भारतलाई आत्मनिर्भर बनाउनेमा जोड दिने बताए। उनले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै जाने संकल्प लिएको बताए।

उनले भने, ‘२०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पुग्नेछ। सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई पूर्णतः विक्षित देश बनाउने लक्ष्य लिनुभएको छ। आगामी २५ वर्षमा अमृतकालको समय बनाएर पूर्ण रूपमा आत्मनिर्भर भारत बनाएर जुन संकल्प लिनुभएको छ, त्यसलाई हासिल गर्न आफ्नो तर्फबाट योगदान दिनुपर्छ। सबै गणतान्त्रिक देशका लागि भारत बहुसांस्कृतिक देश हो। भारत र नेपालबीच गहिरो सम्बन्ध छ, यो नातालाई अझै मजबुत बनाउँदै लैजानेछौँ। साथै नेपालका नायकहरूलाई हामी सम्झन्छौँ जो भारत स्वतन्त्रताका लागि सम्मान गर्छौं, उनीहरूलाई भारतले बिर्सिन सक्दैन।’

स्वतन्त्रता दिवसको अवसरमा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीहरूको सम्मानका लागि भारतीय राजदूतावासमा नाचगान, वाद्यवादनसहित कलाकारले आफ्नो प्रस्तुति दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका