जोडिनुहोस
  • होमपेज
  • म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई हरायो

म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई हरायो

काठमाडौं ः युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई पराजित गरेको छ।

घरेलु मैदान इतिहाद स्टेडियममा गएरातिको  खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३-० गोल अन्तरले पराजित गरेको हो।  सिटीको जितमा रोड्री, बेर्नार्डो सिल्भा र इर्लिंग हालाण्डले एक एक गोल गरे।

जितपछि सिटीले म्युनिखलाई पहिलो लिगमा ३-० को अग्रता बनाएर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

अब क्वाटरफाइनलको दोस्रो लेग बायर्न म्युनिखको घरेलु मैदानमा अप्रिल २० मा हुने छ। गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले वेन्फिकालाई २-०ले पराजित गर्यो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका