जोडिनुहोस
  • होमपेज
  • महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव २ बजेबाट हुने

महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव २ बजेबाट हुने

काठमाडौं । उद्योग वाणिज्य महासंघको दोस्रो चरणको चुनाव २ बजेबाट सुरु हुने भएको छ । पहिलो चरणमा ५० प्रतिशतभन्दा धेरै मत वरिष्ठ उपाध्यक्षको उम्मेदवारले नल्याएपछि पुनः आज मतदान हुने भएको हो ।

अब वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । रामचन्द्र संघई चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
पहिलो चरणको मतदानमा अन्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ मत पाए ।

महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर, अहिले चुनावी प्रतिस्पर्धा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत अपुग्न भएको हो ।

कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकोले पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ । जसअनुसार दोस्रो चरणको मतदान हुन लागेको हो ।

निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्वका साथ हेरिँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका