जोडिनुहोस
  • होमपेज
  • जर्मनीद्धारा युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह

जर्मनीद्धारा युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह

बेइजिङ– जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको छ । चीनको भ्रमणमा रहेकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह गरेकी हुन् ।

शुक्रबार चिनियाँ विदेशमन्त्री छन् सङसँगको भेटवार्तामा जर्मनीकी विदेशमन्त्रीले रुसमा चीनभन्दा अरू कुनै देशको प्रभाव नभएकाले युद्ध अन्त्यका निम्ति आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गरेकी हुन् ।

चीनका विदेशमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै जर्मनीकी विदेशमन्त्रीले आफ्ना समकक्षीसँग चीनमा मानवअधिकारको अवस्थाका साथै ताइवान तनावबारे आफूले छलफल गरेको जानकारी दिइन् ।

उनले चीनले युक्रेन युद्ध रोक्न कुनै प्रयास नगरेकामा आफू आश्चर्यचकित भएको पनि बताइन् ।

गत साता चीनको राजकीय भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङको प्रमुख भूमिका हुने बताउँदै राष्ट्रपति सीलाई युद्ध रोक्नेतर्फ लाग्न आह्वान गरेका थिए ।

युक्रेन युद्धलाई लिएर चीन तटस्थ रहेको छ । बेइजिङले रुसी आक्रमणको निन्दा गरेको छन् । राष्ट्रपति सीको हालैको मस्को भ्रमणलाई लिएर पश्चिमा शक्ति राष्ट्रले चीनलाई रुसको परम्परागत सहयोगी भन्दै चीन रुसको पक्षमा रहेको आरोप लगाएका छन् ।

चीनले युक्रेन सङ्कटको एक मात्र उपाय शान्ति प्रवद्र्धन तथा वार्ता भएको बताउँदै आएको छ । चिनियाँ विदेश मन्त्रालयले गत महिना शान्तिको अवधारणापत्र सार्वजनिक गर्दै वार्ताको माध्यमबाट युक्रेन सङ्कटको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो ।

यसैबीच, चीनका रक्षामन्त्री ली साङ्फु आफ्ना रुसी समकक्षी सेर्गेई शोइगुको निमन्त्रणामा चार दिने भ्रमणमा आगामी आइतबार मस्कोतर्फ प्रस्थान गर्ने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका