जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार नवौं चरणका दुई खेलहरु हुँदैछ । आइतबार एक खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र पुलिसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

सातदोबाटो आज छैटौं जितको योजनामा हुनेछ । सातदोबाटो ८ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सातदोबाटो आज पुलिसलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा छ ।

पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पुलिस ४ अंक जोडेर पुछारमा रहेको छ ।

त्यस्तै च्यासल मैदानमा संकटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ । संकटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मनाङ आज चौंथो जितको खोजीमा हुनेछ । संकटा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ । एपीएफ पनि चौंथो जित निकाल्न चाहन्छ । एपीएफ ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका