जोडिनुहोस
  • होमपेज
  • छतबाट खसेर घाइते चालकको विषयलाई स्तरहीण्न राजनीतिकरण नगर्न आग्रह

छतबाट खसेर घाइते चालकको विषयलाई स्तरहीण्न राजनीतिकरण नगर्न आग्रह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छतबाट खसेर घाइते भएका आफ्ना चालकको विषयलाई स्तरहीन राजनीतिकरण नगर्न आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले आफ्ना चालक दिलबहादुर थापाको उपचार भइरहेकाले यस विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन्।

‘आज बिहान  प्रिय  शम्भु भाइ (मेरो गाडी चालक)  छतबाट खसेर दुर्घटनामा पर्नुभयो।  पुरानो मेडिकल कलेजमा उहाँ उपचाररत हुनुहुन्छ। बिहानैदेखि निरन्तर र भर्खरै पनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर  छ। प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन। म नेताभन्दा पहिले मानिस हुँ।  म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आँशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनुहोला। स्तरहीन बनेर  राजनीतिकरण नगर्नु होला,’ उनले भनेका छन्। सभापति लामिछानेले घाइते भएका थापा अस्पतालको शैयामा संघर्ष गरिरहेकाले उसका लागि प्रार्थना गरिदिन आग्रह गरेका छन्।

‘सक्नुहुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा  संघर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछुप्‍नुहोला,’ उनले भनेका छन्।

सोमबार बिहान चितवनस्थित लामिछानेको निवासको छतबाट खसेर थापा गम्भीर घाइते भएका थिए। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि रास्वपा महामन्त्री मुकुल ढकालका ड्राइभर कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका