जोडिनुहोस
  • होमपेज
  • नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण प्रभावित

नेपाल र  साउदी अरेबियाबीचको खेल वर्षाका कारण प्रभावित

काठमाडौँ— एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण प्रभवित भएको छ । अघि बिहान ९ बजेदेखि नै मूलपानी मैदानमा खेल सुरु हुने भनिए पनि अहिलेसम्म टस हुन सकेको छैन ।

काठमाडौँमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ । नेपाल आज साउदी अरेबियालाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ । प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलेको नेपाल दुवैमा जित निकाल्दै समूह ए को शीर्ष स्थानमा छ । साउदी अरेबिया चौथो स्थानमा छ ।

समूह ए मा नेपालसहित ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, आज समूह बी का बहराइन र हङकङ पनि खेल्दै छन् । यो खेल कीर्तिपुर मैदानमा हुनेछ । समूह बी मा रहेको हङकङ शीर्ष स्थानमा छ । यो समूहमा हङकङसहित युनाइटेड अरब इमिरेट्स, बहराइन, कुवेत र सिङ्गापुर रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका